Sur Cinema

‘अभिमन्यु’को दुई पोस्टर : क्यारेक्टर, सम्बन्ध र सस्पेन्स क्रिएट !

काठमाडौं : सिनेमा ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले सोमबार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । खुसी र तनाव देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु सबै फिचर्ड छन् ।

एउटा पोस्टरमा सिनेमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् । अर्को पोस्टर जसमा सिनेमाका मुख्य दुई कलाकार छन् । जसमा कामेश्वर र लक्ष्मी छन् । कुनै मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रशन्न मुद्रामा छन् । यी दुई पोस्टरले क्यारेक्टर लुक्स, क्यारेक्टर र सम्बन्धलाई थोरै खुलाउँदै सस्पेन्स क्रिएट गर्न खोजेको देखिन्छ । पोस्टरले तनाव र खुसीमा रहेका पात्रलाई बाहिर ल्याएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस सिनेमामा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । सिनेमामा शरद महतोको डिओपी रहेको छ ।

सिनेमा भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।