काठमाडौं : गायिका एलिना चौहानको सम्बन्ध बिच्छेद भयो । न त उनको हत्या भएको हो न उनले कसैको हत्या गरेकी हुन् । विचार मिलेको थियो विवाह गरे, एक समय एकसाथ बस्दा बिचार मिलेन र अलग्गिए ।
एलिना र उनका श्रीमान (गोपनियताको हक सबैमा बराबर लागु हुने हुनाले नाम उल्लेख नगरिएको)ले सहमतीमा सम्बन्ध अन्त्य गरे । सम्बन्ध अन्त्य गर्दै गर्दा त्यहा कुनै प्रकारक हिंशा भएको उल्लेख छैन् । एलिनाले आफुमाथी अन्याया भएको कहि उल्लेख गरेकी छैनन । आपसी समझदारीमा सम्बन्ध अन्त्य गरिएको बताईएको छ । जोडिएको सम्बन्ध तोडियो त्यति हो ।
विवाह पछि अलग्गिने एलिना एक्ली वा पहिलो महिला होइनन । उनले रेकर्ड राख्ने कुनै काम गरेकि वा कसैको ज्यान लिएकी पनि होइनन । अहिले हरेक दिन जसो धेरै जोडीले लिने निर्णय उनको जोडीले पनि लिएको हो । तर यही घटनाले एलिनाले चरित्र हत्याको सामना गर्न पर्यो ।
पैसा देखि पि आर सम्मका लागि उनले विवाह गरेको आरोप लगाईयो । चरित्र हत्याको त के कुरा सुन्न हेर्न नसकिए शब्द प्रयोग भए । आजित भएरै होला उनले कमेन्ट सार्वजनिक गर्न थालिन । थाना सम्म पुगेर उजुरी दिइन र धेरैलाई प्रहरीको जिम्मा पनि लगाईन । यो क्रममा उनलाई ऋचा शर्मा, समीक्षा अधिकारी लगायतले पनि साथ दिए । प्रहरी प्रशासनले पनि छिटो एक्सन लिएर सजाय समेत सुरु गरेको छ ।
तर, एलिना स्वयम् ले चै आफ्नो पुर्व पतिको चरित्रलाई कसरी चित्रण गराउदै छिन त समाजमा ? सकिएको घटना जहाँ एलिना कानुनी रुपमा जादा कुनै प्रकारको हिंशा भएको उल्लेख गरेकी छैनन । कानुन साक्षी राखेर सहमतिमा अलग्गिएकी छन । तर अब, सेलाईसकेको घटनालाई अन्तरवार्ताहरुमा धाएर पुर्व भैसकेको सम्बन्ध बारे किन खुल्दै छिन त ?
कहिले उनी आफुले कुटाई खाएको भन्छिन् । कहिले पुर्व पतिको पिआर नै थिएन भन्छिन् । वास्तविकता केहो त उनै दुबैलाई थाहा होला तर पछिल्लो समय उनका अभिब्यक्तीले उनका पुर्व पतिलाई “भिलेन” बनाएको छ भने उनी पिडित बनेर अघि आएकी छन । सुरुमा सम्बन्ध बारे बोल्दिन भनेकी उनी अहिले बोलेर थाक्न छोडेकि छैनन् । तर उनका पुर्वपती सुरु देखि अहिले सम्म नै मौन छन् ।
कानुनी रुपमा चुपचाप अलग्गिने अनि सन्चार माध्यम र सामाजिक सन्जालमा आएर सहानुभुती बटुल्ने एलिनाको नियत देखिएको छ । कहिले पुर्व पतिलाई माफी गरिदिए भन्ने कहिले सबैभन्दा दुखद समय भन्ने कहिले पुर्वपतिलाई घुमाएर टन्ट मारेका शब्दमा तयार गीत गाउने उनको बहुरुपी चरित्र बाहिर आएको छ । यसो हेर्दा कि त एलिना आफुले बोलेका कुरा प्रती सचेत छैनन कि त आफुपिडित बनेर पुर्वपतीको चरित्र हत्यामा लागि परेकी छन । होईन भन्ने सक्किएको विषयमा पटक पटक बोलिरहन जरुरी देखिदैन ।
आफू माथी साईबर आक्रमण गर्ने माथि कानुनी उपचार खोजी गर्ने एलिनालाई उनको अभिव्यक्तिलाई लिएर उनका पुर्व श्रीमानले चरित्र हत्याको आरोपमा कानुनी उपचारको माग गरे भने ? किनकी अहिले सम्म दर्शक सम्म आएको सबै कथा त एलिना कै पक्षबाट आएको छ । उनको पुर्व श्रीमान त मौन रहेर एक्लो लडाई लडिरहेकै छन् ।
यसरी अरुको गल्ती मात्र देख्ने एलिनाको अर्को आरोप थपिएको छ । पत्रकारले बिगत कोट्याउन बाध्य पारे रे ! अब प्रश्न सोध्नै बन्द गर्न पनि पेशागत मर्यादाले दिदैन । फेरि उनलाई जवाफ दिनै पर्छ भन्ने बाध्यता पनि छैन । एलिना जी आरोपको क्रम अत्ति भो । अझ भन्दा ‘भिक्टिम कार्ड’ अल्लि धेर प्रयोग भयो । अब त बन्द गर्ने समय आयो कि ?















