काठमाडौं : एक्सन र प्रेमकथामा आधारित सिनेमा ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको सिनेमाको छायाङ्कन ६० दिनसम्म चल्नेछ।
मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायाङ्कन चितवनसँगै मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंमा गरिने निर्माता विजयले जानकारी दिए।
सिनेमामा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी र उत्पल झा लगायतको अभिनय रहनेछ।
सिनेमाको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको छ। महेश पौडेलको छायाङ्कन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहने सिनेमाका निर्माता विजय ब्लोन तामाङ हुन्।


















