Sur Cinema

‘यो मन त मेरो नेपाली हो’को खैजडी गीत : नेपालको इतिहास देखि बर्तमान सम्मको बयान

काठमाडौं : असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा “यो मन त मेरो नेपाली हो” को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक खैजडी गीत “हेर लौ नेपाल आमाको”मा नेपालको इतिहास देखि बर्तमान सम्मको बयान गरिएको छ ।

अनिश अधिकारीको गायन तथा शब्द संकलन गरेको यस गीतमा सिनेमाका मुख्य कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल,बिजिता बर्देवा , देवराज राजबन्शी र अनिश अधिकारी फ़िचड गरिएको छ ।

सिनेमामा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ। पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको सिनेमाले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुँदा सिनेमाको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ । सिनेमामा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाँको भिएफएक्स ,कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सिनेमालाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।