काठमाडौं : मर्मस्पर्शी गीत ‘परिबन्ध’को भिडियो सार्वजनिक गरिएको छ । सुरेन गौतमको शब्द र स्वर रहेको गीतको भिडियोमा सकु शाह र लोमस शर्मा फिचर्ड छन् । कल्याण सिंहको सङ्गीत रहेको भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन् भने भिडियोले प्रेम र जिम्मेवारीबीचको द्वन्द्वलाई गहिरो तरिकाले प्रस्तुत गरेको छ ।
भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद प्रेम यात्रामा केन्द्रित छ, जसको सुरुवात विद्यालय जीवनदेखि हुन्छ । एक अर्कामा गहिरो माया राख्ने उनीहरू भविष्यको सुनौलो सपना बाँड्छन्, तर जीवनको कठोर यथार्थले उनीहरूलाई बेग्लै दिशातर्फ डोर्याउँछ ।
गीतले एउटा सन्देश दिन खोजेको छ – “सबै बिछोडहरू माया नहुँदा मात्र हुँदैनन्, कहिलेकाहीँ जिम्मेवारीको भारी बोझले पनि साथ छुट्छ ।”















