Sur Cinema

नायिका नै रिप्लेस गर्ने निर्देशक !

काठमाडौं : भनिन्छ सिनेमा निर्देशकको कृति हो । कतिपय कलाकार पनि निर्देशकको आधारमा आफ्नो काम निकाल्न सक्ने हुन्छन् । निर्देशकलाई “क्याप्टेन अफ सिप” पनि भनिन्छ । हुन पनि हर एकलाई निर्देशन दिएर कथामा जीवन भर्ने काम निर्देशकले नै गर्ने त हो ।

“पिताम्बर” एक निर्देशकको सिनेमा हो न कि महिला निर्देशकको भन्दै कृषा चौलागाईं सिनेमा प्रचारमा जोडतोडले लागेकी छन् । “लार्जर देन लाईफ” सिनेमा निर्माण आफ्नो सपना भएको भन्ने उनले जम्बो कलाकार टोली लिएर सिनेमा बनाएर तयार पारेकी छन् । प्रदर्शनको मिति चैत २९ नजिकिदै गर्दा नायक बोकेर उनी प्रचारका लागि भन्दै अन्तर्वार्तामा पुग्ने गरेकी छन् । कहिले प्रदीप खड्का कहिले अनुप विक्रम शाही त कहिले को नायक बोकेर उनी अन्तर्वार्तामा दौडिरहेकी देखिन्छन् ।

त्यसो त उनको सिनेमाको ट्रेलर हेर्दा महिला पात्रको सशक्त भुमिका अनुमान गर्न सकिन्छ । महिला कलाकार नै पनि सुरक्षा पन्त, गौरी मल्ल, सुपुष्पा भट्ट लगायतको ट्रेलर लुक र प्रस्तुती गज्जब देखिएको छ । तर प्रचारम भने निर्देशकले नै नायिकाहरुलाई रिप्लेस गरेको देख्न सकिन्छ ।

प्रदीप त त्यसै पनि सिनेमा प्रचारमा सत प्रतिशत दिने कलाकार हुन् । उनी सङै अघिल्लो सिनेमाबाट डेब्यु गरेकी दिब्या रायमाझीले पनि मिडियामा आउन अल्छी गरेको देखिएको थिएन । अरु त प्राय सबै प्रोफेसनल कलालार नै छन् आफ्नो कामलाई माया नगर्ने कोही छैन् । त्यसैले पनि चौलागाईं स्वयम् नै प्रचारमा हावी बानेको धेरैको अड्कल छ ।

प्रचार त जसरी गरे पनि भयो । तर आशा गरौ अन्य केही निर्देशक झै कलाकारको रोल मै हावी भएर काट्नै नपर्ने दृश्य समेट काट्दै महिला कलाकारको रोल नै खुम्च्याउने गरि चै उनी हावी भएकी नहुन । टिजरले राम्रो छाप छोडेको सिनेमालाई लिएर दर्शक उत्साहित थिए । ट्रेलरमा प्रदीपको आवाज बाहेक अन्य पक्षको प्रसम्सा भैरहेको छ । यस्तोमा सिनेमा नै चल्न छोडिरहेको बेला ‘पिताम्बर’ले दर्शकलाई हल सम्म तान्न सफल होस, शुभकामना ।