Sur Cinema

न्यायको पक्षमा आवाज उठाउँदा नायक सुशीलले खाए कुटाई !

काठमाडौं : सिनेमा ‘आउटलः दफा २१९’ यतिबेला सिनेमाघरहरुमा प्रदर्शन भैरहेको छ । यसैबीच आईतवार बिहान यसै सिनेमाका प्रमुख पात्र नायक सुशील श्रेष्ठको एउटा भिडियो र फोटो सामाजिक संजालमा भाईरल छ । जहाँ सुशील ले कुटाई खाईरहेको भिडियो निलडाम भएका तस्वीरहरु समाबेश गरिएको छ ।

हुन त सुशील एक्सन नायक हुन यसकारण पनि यस्तो कुटाई र चोटपटक सायद उनका लागि सामान्य नै हो भन्दा फरक नपर्ला तर यहि बिच पनि उनी स्वयं ले तस्वीर सार्वजनिक गर्दै मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको बताएका छन् ।

उनले लेखेका छन्–‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सके भने, दर्शकहरुले यसलाई अझ गहिरोसँग महशुश गर्नेछन् ।’उनले यो फिल्म आफ्नो टिमले दिनरात नभनी मिहिनेत गरेर काम गरेको पनि सुनाए । साथै, हरेक दृश्यलाई उत्कृष्ट बनाउनका लागि निकै मिहिनेत गरिएको पनि उनले संझिएका छन् ।

उनले लेखेका छन्–‘हाम्रो सपना थियो, संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन सिनेमालाई नयाँ उचाइमा पुर्याउने ।’सुशीलले सिनेमा नहेरेका दर्शकलाई हेरेका दर्शकले सामाजिक संजालमा प्रतिक्रिया बाँड्न पनि आग्रह गरेका छन् ।विहिबारबाट रिलिजमा आएको यो सिनेमाले दर्शकको राम्रो साथ पाइरहेको छ । सिनाको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले रुचाएका छन् । सिनेमाले न्यायको पक्षमा आवाज उठाएको छ । जसलाई दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । विक्की महर्जनको निर्देशनमा तयार भएको सिनेमामा अमित अग्रहरिको लगानी छ ।