Sur Cinema

फरक गर्ने गौचनको बानीले जन्मिएको “मिसिङ : केटी हराएको सुचना”

काठमाडौं : टेलिश्रृङखला “उजेली” संगै जोडिएर आउने नाम हो दिपेन्द्र गौचन । दिपेन्द्रले भिन्न तवरमा काम गर्थे । यसैको परिणाम ‘अर्ग्यानिक’ कथा र कलाकार राखेर उजेली बनाएका थिए । जसको चाप अहिले सम्म पनि देख्न सकिन्छ । तर उनी बिचमा हराए ।

देश छोड्नेहरुले आफ्नो क्षेत्र पनि छोड्छन भन्ने भ्रम छ । अझ सिनेजगतको त के कुरा । सिनेकर्मी बन्ने बिदेश भासिने र उतै हराउने धेरै छन् । तर गौचनले नेपाल छोड्दै गर्दा पनि आफ्नो कला प्रतिको लगाव छोडेनन् । कम्बोडियालाई कर्मक्षेत्र बनाएका दिपेन्द्र पनि कला कै क्षेत्रमा काम गरिरहेका छन् ।

कला जगत छिर्न चाहनेका लागि उनी कलाको तालिम हरेक वर्ष दिन्छन र अब्बल मध्यका अब्बल काम निकाल्न प्रयासरत रहन्छन । उनी उता रहेर पनि कला मन्त्रालयको सल्लाहकारका रुपमा कार्यरत रहेका छन् । केही थान टेलिभिजनमा पनि आबद्ध छन् । समग्रमा उनी नेपाली भएरै नेपाली रहेरै कलामा नेपालीको उपस्थिती प्रस्ट्याउन लागेका छन् ।

२२ वर्ष पछि “मिसिङ : केटी हराएको सुचना” लिएर आउँदै गर्दा उनले धेरथोर मेहनत त पक्कै गरेका छन् । उनले अति सामान्य कथालाई उठाएका छन् । जसलाई प्रेमको खोजमा निस्किएका जोडीको कथा भन्छन् ।

नेपालको सिनेजगतमा सुधार्न पर्ने केही नदेखेका उनले कमि देखेको भनेको कथामा मात्रै रे ! त्यसैले केही भिन्न गर्नकै लागि उनी यो सिनेमा लिएर आएका छन् । तराईका कथामा सिनेमा बनेपनी गहिराई नाप्न मेकर कमजोर रहेको उनको तर्क छ । साथै अन्तर जातिय सङै भौगोलिक अन्तरले सम्बन्धमा ल्याउन सक्ने र ल्याएका कुरा उनले सिनेमामा समेटेका छन् ।

फरक गर्न खोज्ने गौचनको प्रयास हाल सम्म रिलिज प्रचार सामाग्रीले केही हद सम्म प्रमाणित गरेको छ । कथामा फरक खोज भन्दै कमब्याक गरेका गौचनको कथा भन्ने तरिका बिलकुल भिन्न छ । उ बेलाका रेडियो नेपालबाट बज्ने रेडियो नाटकको झलक दिने ट्रेलर र टिजरलाई लिएर दर्शक पनि आशावादी देखिन्छ ।

तर सिनेमाको ब्यापारलाई लिएर भनेने गौचन पनि समय समय तनाबमा पर्छन । किनकी जस्ता दर्शकलाई उनले टार्गेट बनाएका छन त्यो भने खासै धेरै छैन् । तर पनि रिलिज मिति माघ ११ अगावै केही भन्न सकिँदैन । सिनेमामा शृस्टि श्रेस्ठ र नाजिर हुसेनको मुख्य भुमिका रहेको छ ।