Sur Cinema

सुरजलाई सिनेमा तिर प्रयास गर भनेपछी !

काठमाडौं : सिनेकर्मीका दुख पनि भनिसाध्य र गनिसाध्य छैनन् । कान्छी अभिनेत्री अर्थात ‘कान्छी’ सिनेमाबाट आएकी अभिनेत्री शर्मिला मल्ल घुमाएर ‘मलाई काम देउ’ भन्दै छिन् । कलिलै उमेरमा सफलता चाखेकी उनी जस्ता कलाकारको त हाल यस्तो छ भने नयाको के होला !

यता नायक तथा मोडल यसराज गराचको पनि आफ्नै दुख छ । उनको हातमा पनि खासै काम छैन् । सिनेमामा नटिकेका उनी अहिले त खासै म्युजिक भिडोयोमा पनि बिकेका छैनन् । यस्तोमै उनी सङ्ग एउटा रमाईलो घटना घटेछ । उनलाई एकजना ब्यक्तीले ‘हिरो’ बन न भनेछन !

उनी तस्विर सेयर गर्दै लेख्छन,”यो फोटो खिच्ने भाइले मलाई भनेकि, दाईको लुक्स किलर आउँदो रैछ । सिनेमा तिर ट्राई गर्नुस न । म पनि त्यही सोच्दै छु ।”

साच्चै, अब सुरज कैले हिरो बन्लान त ! दर्शक पनि उनलाई पर्दामा हेर्न चाहन्छन् ।