Sur Cinema

टिजरमा ‘दुखी आत्मा’ : द्धिअर्थी लाग्ने संवादहरुको भरपुर प्रयोग

काठमाडौं : फागुनको २ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘दुखी आत्मा’को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा सिनेमाका मुख्य दुई कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन् । यो सिनेमालाई निर्माणपक्षले एडल्ट विषयवस्तुमा तयार पारेको भनेको छ । जसकाकारण, सिनेमा भित्र द्धिअर्थी लाग्ने संवादहरु प्रशस्त छन् । विशेषगरि, आँचलको संवादले पनि यो कुरा वुझाउँछ ।

यसपटक, दयाहाङले आफ्नो काम गर्ने कथावस्तुको शैली फेरेका छन् । दया यो सिनेमामा रोमान्टिक साथै पीडित पनि देखिएका छन् । उनको पीडाको भाव के हो त्यो ट्रेलरले अझै खुलाउनेछ । प्रेम दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने देखिएको छ ।

सिनेमामा दयाहाङ र आँचल सङ्गै अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको सिनेमामा अभिनय छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । क्लक वर्क क्रियशनको व्यानरमा यो सिनेमा निर्माण भएको हो ।