काठमाडौं : धिरज मगर र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर चर्चित कलाकार बुद्धि तामाङ र निर्देशक अनिल योन्जम मिलेर सिनेमा ‘कुस्ती’को निर्माण घोषणा गरेका छन् । पोस्टर समेत सार्वजनिक गरिएको सिनेमालाई अनिल योञ्जन स्वयंले लेखन तथा निर्देशन गर्ने भएका छन् ।
२०८२ सालको भदौमा प्रदर्शन लक्ष्य राखिएको सिनेमा अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्न लागेको हो । सिनेमामा युवायुवतीको प्रेम सम्बन्धलाई दर्साइने निर्देशक योञ्जनले बताएका छन् ।

सिनेमालाई काठमाडौँमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनी वितरणको जिम्मा लिएका छन् । सिनेमाको छायाङ्कन फागुनदेखि काठमाडौँमा हुने हुने निर्माण पक्षले जनाएको छ ।















