काठमाडौं : आगामी भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको सिनेमा ‘दुःखी आत्मा’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको सार्वजनिक तीनवटा पोष्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ ।
पहिलो पोष्टरमा दयाहाङमात्रै देखिनुभएको छ भने दोस्रो पोष्टरमा दयाहाङ र आँचललाई प्रेमिल भावमा देख्न सकिन्छ । र, तेस्रो पोष्टरमा सिनेमाका अन्य कलाकारलाई स्थान दिइएको छ ।
सिनेमामा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर आरती आचार्य, निमा पाण्डे, इंगिहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय छ । हिमाल कडरिया निर्माता रहेको यो सिनेमामा दीपेन्द्र लामाको लेखन र निर्देशन छ ।















