काठमाडौं : कलाकार पर्दामा कम र रियल लाईफमा ज्यादा अभिनय गर्छन र समस्या सिर्जना हुन्छ । अभिनय कै कुरा गर्दा नीता ढुंगाना अब्बल अभिनय गर्न सक्ने कलाकार भने हुन् । तर बेला बेला मिडियाको क्यामेरा अघि सालिन बन्दा बन्दै पनि उनको अभिनय पनि छल्किन थाल्छ । हुन त कला क्षेत्र र अभिनय मै जीवन देखेकी उनले अभिनय गर्नु पनि ठिकै मानौ ।
राम्रो कमाई गर्ने ज्योतिसी हरीहर अधिकारीसंग नीताले लगनगाठो कसिन । त्यस लगत्तै एक अन्तर्वार्तामा पुगेकी उनले भब्य विवाह र खर्च बारे प्रश्न गर्दा उनीहरुप्रतिको मायाले सबै सम्भव भएको बताईन । सम्बन्धहरुकै कारण विवाह भब्य बन्न सफल भएको र मायाको कारण खासै पैसा खर्च नभएको उनको तर्क थियो । तर उनको विवाह “खासै” पैसा खर्च नगरी जो कोहीले गर्न सक्ने भने देखिएको थिएन ।
अहिले उनी निर्माता बनेकी छन् । नेपाली र भारतिय जम्बो कलाकार टोली लिएर उनले “ह्रस्व दीर्घ” निर्माण गरिन । ब्रम्हानन्दम, सुनिल बर्मा, प्रदीप रावत जस्ता कलाकार साथै भारतिय प्राविधिक टोली लिएर ६ करोड आसपास खर्चिएर बनाएको सिनेमा पनि ‘माया’ले बनेको सिनेमा भन्दै हिडेकी छन् नीता । उनलाई भारतिय कलाकारले समेत पारिश्रमिकमा धेरै नच्यापेको मात्रै नभएर छायांकन सकेर पनि आफ्नै खुसीले पारिश्रमिक हालिदिएको भन्दै गर्दा गर्व महसुस भएको देखिन्छ । अझ उनी त भारतिय कलाकारको पारिश्रमिकमा ठूलो रकम खर्चिन नपरेको पनि भन्छिन् । उनको लगानी मेकिङमा ज्यादा रहेको उनको तर्क छ । तर अब यो हेर्न पनि धेरै समय बाकी छैन उनको लगानी कलाकार माथी छ या कथाबस्तुमा ।
आफै पनि कलाकार भएर प्राय जसो कलाकारलाई पछि पारिश्रमिक दिएको भन्दा उनी खुसी देखिन्छिन । यो कतिको सही हो उनी स्वयमले मनन गर्ने विषय भयो । अझ उनको ‘माया’ कार्डलाई नै हेरौ, ६ करोड खर्चेर पनि मायाले बनेको सिनेमा भन्दै गर्दा उनको मायाको घेरा कतिको लामो होला सम्झिदै अचम्म लाग्दैन त ?
पैसा खर्च भएको छ । लगानी गरेको छु त्यो पनि रुचीको विषय , कला माथी भन्न कति अप्ठ्यारो लागेको होला त उनीलाई !