Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘ह्रस्व दीर्घ’ ट्रेलर : हरिहर र नीताले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथा

काठमाडौं : अगामी कार्तिक ३० गते देखी  प्रदर्शनमा आउन लागेको सिनेमा ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको थियो ।

ट्रेलरमा  हरि र नारायणी नामक जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु वरपर सिनेमा घुमेको छ । सिनेमाको शीर्ष भूमिकामा हरिहर अधिकारी र नीता ढुंगाना छन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

चन्द्र पन्तको निर्देशन रहेको सिनेमामा अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरकै पटकथा तथा संवाद रहेको छ । सिनेमामा बलिउडका सिनेमाटोग्राफर कवीरलालको छायांकन रहेको छ ।