Sur Cinema

‘झिँगेदाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक

काठमाडौं : प्रदर्शनमा आएको एक सातापछि सिनेमा ‘झिँगेदाउ २’को नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरिएको छ।

कुशल बेलबासेको स्वर तथा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा आमाको अभाव र परिवारमा आमाको महत्वलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। सिनेमाले प्रदर्शनपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, सरोज खनाल, बसुन्धरा भुसाललगायतको अभिनय छ।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्मित सिनेमामा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजाको सह–निर्माण छ। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ।