Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पूर्ण बहादुरको सारङ्गी’ ट्रेलर : गाईने समुदायले गर्ने संघर्षको कथा

काठमाडौं : आगामी कात्तिक १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यकमकाबीच ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

सारङ्गीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा ट्रेलरमा देख्न सकिन्छ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज र बासुरी फिल्म्सको प्रस्तुति रहेको यो सिनेमाको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

संगीतकार प्रशान्त शिवाकोटीको संगीत दिएका छन् भने हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । यो सिनेमालाई देश तथा विदेशमा वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ ।