काठमाडौं : गजल गीत ‘नजरका इशारा’ भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा शब्द रचना किरण रिजाल रहेको छ भने स्वर कमल बिस्ट र सङ्गीत शशि विक्रम थापाको रहेको छ ।
गीतमा युवा-युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले ल्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यो भावनात्मक कथा राज पौडेल र हेना नगरकोटीको प्रभावशाली अभिनयद्वारा जीवन्त भएको छ, जसको निर्देशन नारायण मगरले गरेका छन् ।
यस भिडियोका सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाईँ हुन् भने सम्पादक तथा रङ्ग संयोजक भीम विश्वकर्मा हुन् । भिडियो उत्पादन तथा वितरण रे अफ आर्ट्सले गरेको हो ।















