Sur Cinema

सलोनको ‘रंगी’मा दुर्गेशको संगीत

काठमाडौं : सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने सिनेमा ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ ।

गीतमा दुर्गेश थापाको गीत, संगीत र एरेन्ज छ । गीतमा विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भइसकेकी छन् । सुरेश न्यौपानले यही सिनेमामार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् ।

सक्षम सुवेदीको निर्माण रहने सिनेमामा सुमन गजमेरको लेखन रहेको छ भने सिनेमामा सौरभ लामाको छायांकन रहने छ ।