काठमाडौं : खुब होहल्ला सहित नेतालाई समेत अभिनेता बनाउने सिनेमा “नमेटिने घाउ” निर्माण भयो । सिनेमाले पानी पनि मागेन । तर, कलाकारलाई गर्ने अन्याय भने निर्माण टिमले राम्रै सङ्ग गर्यो । सम्भावना बोकेका कलाकार प्रभात पाल ठकुरीलाई राम्रै रोल दिइएको थियो । डबिङमा समेत बोलाएर अन्तमा सिनेमा आउँदा रोल काटिएर आयो, त्यो प्रष्टै देखिन्छ । अन्य कलाकार माथी सहायक मानिएका कलाकार हावी हुने डरले धेरै मेकरले रोल काट्ने गरेको कलाकारको गुनासो हुने गर्छ ।
‘आईएम ट्वान्टी वान’ सिनेमा पनि विवादबाट टाढा थिएन । धिरज मगरलाई “हिरो” बनाउन निर्देशक रेनेशा वान्तवा राईले खुबै मेहनत गरिन । विवाद लुकाउन प्रयास पनि गरिन । तर सिनेमा रिलिज पछि अरुण क्षेत्रीमाथी भएको विभेद स्पस्टै दर्शकले देखे । अरुणलाई सम्भावना बोकेका कलाकार भनेर खुबै प्रसंसा भयो । उनको रोल काटिएको बारे धेरैले बोले तर अरुण नै मौन बसे । उक्त सिनेमामा उनको बलियो रोल बन्न सक्ने र आगामी दिन यो क्षेत्रमा राम्रो बन्न सक्ने सम्भावना रहेको नदेखेर हो या अरुण “हिरो” बन्न हुदैन भन्ने सोचले खै कुन्नी ! तर उनको भुमिका माथी मेकरले खेले । हाल अरुण सिनेमा ‘हन्टर’को शुटमा ब्यस्त छन् ।
पूजा शर्माको एक्सन रहेको सिनेमा भन्दै ‘दान्वी’को पनि खुब प्रचार गरियो । यो सिनेमामा पनि मेकरले मुख्य कलाकार किरण श्रेष्ठको रोल काटिदिए । दर्शक माझ छाप छोड्न सक्ने कलाकार बन्न सक्नेमा यहाँ पनि एक उदाउँदो कलाकार माथी अन्याय भयो ।
केही समय पछि जाने हो भने सिनेमा “कान्छी” मा निर्माता समेत रहेकी नायिका श्वेता खड्काले अर्की नायिका अनु शाहको रोल काटेर अर्थ न बर्थको बनाई दिएको थियो । केही महिना अघि मात्रै रिलिज भएको सिनेमा ‘ईश्वर’मा पनि उस्तै भयो । अनु राम्रो अभिनय क्षमताका वावजुद युट्युव भ्लगबाट गुजरा गर्न बाध्य छिन् ।
अभिनय गराउने कतिलाई त डबिङमा पनि बोलाउने तर अन्त्यमा आउँदा आफुलाई सिनेमामा देख्नै हम्मे हम्मे हुने गरेको छ ।
माथि केही उदाहरण मात्रै प्रस्तुत गरिएका हुन् । यस्तो घटना हरेक जसो सिनेमामा हुने गर्छ । मुख्य कलाकार छायाँमा पर्ने डर देखि कलाकार सङ्ग मेकरको बढेको दुरिको कारण यसको प्रत्यक्ष असर कलाकारको रोल माथी हुने गरेको देखिन्छ । यस्तै ‘मुख्य’ भनिएका कलाकार माथी हावी हुने डरले कलाकार प्रमोद अग्रहरीको रोल अधिकाशं सिनेमामा काट्ने गरिन्छ ।
सानो रोलमा ‘छक्का पन्जा’ सिनेमामा अभिनय गरेका प्रमोदले अन्य सबै जसो कलाकार माथी हावी हुँदै ‘बाबा मस्तमोला\ चरित्र स्थापित गरे । उक्त सिनेमा हेर्दै गर्दा उनलाई अझ केही बढी रोल दिएको भए भन्ने अभाव दर्शकलाई खड्किने गरेको थियो ।
केही समय अघि रिलिज ‘अगस्त्य’ सिनेमाको ट्रेलरमा पनि प्रमोदलै हावी भए । सिनेमा हलमा लागे पछि धेरै दर्शकले अर्का कलाकार नाजिर हुसेनको रोल नै प्रमोदलाई दिएको भए ! भनेर असन्तुष्टि ब्यक्त गरे । सानो रोलका वावजुद सिनेमाको जति चर्चा भयो प्रमोदको पनि त्यति नै ।
तिजको अवसर पारेर सिनेमा ‘रावायण’ रिलिज गर्ने तयारी थियो । सिनेमाको ट्रेलरमा प्रमोदका केही दृश्य त समेटिए तर उनको आवाज कही थिएन । धेरैले यश बारे प्रश्न पनि उठाए । तर निर्माताको नायक छायाँमा पर्ने डरका कारण त्यस्तो गरिएको सिनेमा रिलिज पश्चात् स्पष्टै भयो । पलको दारी र कपालको मजाक बन्दै गर्दा प्रमोदलाई त्यो रोल दिएको भए ! भनेर धेरैले सामाजिक संजालमा मुखै खोलेर भने पनि । सिनेमामा केहीको तारिभ भयो त केवल प्रमोदको ।
प्रमोद, प्रभात, अरुण, किरण, अनुहरु मेकरका आफ्ना स्वार्थका कारण आउनु पर्ने जति चर्चामा आउन सक्दैनन् । अझ भन्दा पल, धिरज, स्वेताहरुलाई बचाउने लोभमा साचै नै केही गर्छु भनेर सिनेजगत आएका यस्ता अब्बल कलाकारहरुले काम बिहिन बन्न पर्ने र बिस्तारै पलायन हुन पर्ने अवस्था आउने गरेको छ ।
भन्नेहरुले त नेपोटिजमको असर देखाएर दिलिप रायमाझीकि छोरीले अर्की नायिका आँचल शर्मालाई पिताम्बर बाट बिस्थापित गराएको सम्म भन्न भ्याएका छन् । अब दिब्याको काम हेर्न भने केही समय बाकीँ नै भएकोले अहिले नै त्यस बारे लेख्न उचित नहोला । तर, मेकरले राम्रालाई छोडेर हाम्रालाई काखी च्याप्दा सम्म यस्तो नियती दोहोरिरहने देखिन्छ ।















