Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फ्राइडे रिलिज : आजबाट हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

काठमाडौं : आज शुक्रबारदेखि हलमा दुई नयाँ नेपाली सिनेमाहरु प्रदर्शनमा आएका छन्। लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ र रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’ एकसाथ प्रदर्शनमा आएका हुन्।

‘सतीदेवी’ले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको थियो। यो सिनेमामा अभिनेत्री मलिका महत मुख्य भुमिकामा रहेकी छिन्। सिनेमाको कथा लक्ष्मण सुवेदीले नै लेखेका हुन्। उसो त निर्माता पनि लक्ष्मण सुवेदी नै हुन्।

त्यस्तै, ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई पनि सिनेमामा देख्न सकिन्छ।

यि दुबै सिनेमाहरु सामाजिक कथामा आधारित छन्। एकैदिन प्रदर्शनमा आएपनि दर्शकहरुले दुबै सिनेमालाई रुचाउने अपेक्षा गरिएको छ।