Sur Cinema

‘सतीदेवी’को गीत : मलिकाको जब सन्दीप सङ्ग माया बस्छ

काठमाडौं : लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ सार्वजनिक भएको छ । रामजी लामिछानेको कोरियोग्राफ्री रहेको रोमान्टिक गीतमा सिनेमाका मुख्य कलाकार मलिका महत र सन्दीप बाबु लोहनी फिचर्ड छन् ।

सिनेमाको यसअघि सार्वजनिक पोस्टर, गीत, टिजर तथा ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेको छ । संगीतकार दीपक शर्माको संगीत तथा निर्देशक सुवेदीको शब्द रचना रहेको गीतमा प्रताप दास र दीपा लामाको स्वर छ ।

भाद्र ७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा मलिका र सन्दीपका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।