Sur Cinema

भैपरी आउने स्वास्थ समस्याको लागि टोखा स्थित ”ग्रीन लाइर्फ हेल्थ केयर”

३ असोज २०७९

काठमान्डौ, धापासी टोखा नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुको कलात्मक प्रस्तुतिलाई प्रदर्शन गर्ने उद्देश्यले “APEN” संस्था द्वारा राष्ट्रिय प्रज्ञा प्रतिस्तठानमा प्रतिभात्मक कार्यक्रम संचालन गरेका थिए ।
उक्त कार्यक्रममा टोखा नगरपालिका बाट १८ वटा स्कुल तथा ३०० जना अभिभावक र करिब ३५० जना विद्यार्थी उपस्थिति थिए। जस कार्यक्रममा नृत्य /नाटक / खेलहरु जस्ता विभिन्न कलात्मक प्रस्तुतिहरु देखाएका थिए। कार्यक्रममा भैपरी आउन सक्ने स्वास्थ समस्याहरुको तुरुन्तै समाधान गर्ने उदेश्यले धापासी स्थिति टाेखा नगरपालिका धापासी दाहाल गौडा स्थिति रहेको ग्रीन लाइफ हेल्थ केयर एन्ड मल्टि स्पेशियालीटि क्लिनिकको टिम समेत उपस्तिथित भएको थियो ।
उक्त कार्यक्रममा ग्रीन लाइफ हेल्थ केयरका अध्यक्ष तथा डाक्टर रोशन भट्टराईले आफै सेवा गर्नु भएको थियो। जहाँ ४० देखि ५० जना अभिभावकले आफ्नो स्वास्थ सम्बन्धि सल्लाह समेत लिनु भएको थियो । टोखा नगरपालिकामा “समुदायमा आधारित अस्पताल खोल्ने” उद्देश्यले स्थानीय चिकित्सकहरूको स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गर्ने उद्देश्यले ग्रीन लाइर्फ हेल्थ केयर अगाडी बढिरहेको छ ।