Sur Cinema

३२ पुगेर ३३ लागेका पुष्प

काठमाडौं : कैलालीका स्थाइ बासिन्दा हुन अभिनेता पुष्प खड्का । आजकै मिति बाट ३२ पूरा भएर ३३ वर्षमा लागेका छन उनी। रङ्गिन दुनियाँमा आफुलाइ छर्न भनेर १० वर्ष अघि काठमाडौं हानिएका पुष्पले कयौ म्युजिक भिडियो र आधा दर्जन जति ठूलो पर्दाका सिनेमामा आफुलाइ उपस्थित गराइसकेका छन् ।

“अझै पनि” बाट आफुलाइ सिनेक्षेत्रमा पाइला टेकाएका पुष्पले दोस्रो सिनेमा भने “दर्पण छाया २” ( निर्देशक : तुलसी घिमिरे ) मा काम गरे । तर, उक्त सिनेमाबाट अपेक्षाकृत सफलता भने पाएनन् । त्यसपछी भने उनको चमक देखियो सिनेमा “मङ्गलम” मार्फत ( निर्देशक : नवल नेपाल) । बग्रेली तारिफ बटुले , सोही सिनेमाबाट राष्ट्रिय अवार्ड जित्न सफल भए । त्यसपछी भने केही सिनेमाले राम्रो व्यापार गरे पनि “मङ्गलम” को उचाइ भने छुन सकेनन। “किन त ?” उनी भन्छन् “सबै सिनेमामा मेरो चरित्र संतोषजनक रहे पनि कथा र प्रस्तुतीका हिसाबले कहि कतै कमजोरी भयो कि। “

लगातार असफल सिनेमाको संख्या बढिरहेका कारण केही समयका लागि आफू सिनेमा नगर्ने सोचमा बसे उनी । भन्छन: “असल कथा र राम्रो पात्र आयो भने सिनेमा गर्छु नत्र जहाँ छु सन्तुष्टि नै छु।” अघिल्ला केही सिनेमाहरुमा कमजोरी रहे पनि आफुले चरित्रमा गर्ने मिहेनत र खटाइमा रत्तिभर कमि आउन नदिएको उनी बताउछन् । त्यसैले पनि ती सिनेमा गरेर आफुले गलत गरेको मान्दैनन् उनी ।

यति खेर भने उनी राम्रो कथा , राम्रो निर्देशक र राम्रो मेकरको पर्खाइमा छन् । कथाको तालमेल र उनको मिहेनतले जुराएको “मङ्गलम” सिनेमाका लेखक तथा निर्देशक नवल नेपाल भन्छन् : पैसा र प्रतिष्ठा अलग विषय हो । तर कुन सिनेमा गर्ने , नगर्ने उनको अधिकार हो सायद राम्रै ठानेर गरिरहेका होलान । सिनेमा बजारको अपेक्षा रहन्छ उनले राम्रो काम गरून् बजारले एक ब्यबसायिक कलाकार पाओस । “

“महङ्गिले आक्रान्त शहर (काठमाडौ ) मा बसेकाले पनि होला पैसालाइ पनि महत्त्व दिनै पर्यो । तर कहिले काहीँ के भइदिन्छ भने पैसालाइ महत्त्व दिदा प्रतिष्ठालाई असर गर्छ। मिहेनतका साथ प्रतिष्ठाको पछि लाग्यो भने अरु कुरा सामान्य लाग्छन् ।”

यहि पैसा र प्रतिष्ठाको तालमेल नमिलेको हुनाले अहिले उनी सिनेमालाई थाती राखेर म्युजिक भिडियो लाई महत्त्व दिईरहेका देखिन्छ । आशा गरौ छिट्टै उनले राम्रा सिनेमा गर्ने मौका पाउँछन् र सिने पारखीका तिर्खाहरु मेटाउन सफल हुन्छन् । उनलाइ सुरसिनेमा परिवारको तर्फबाट जन्मदिनको शुभकामना ।