Sur Cinema

५१ दिनमा सकियो ‘छक्का पन्जा ५’ छायांकन

काठमाडौं : दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पन्जा ५’को छायांकन सकिएको छ। काभ्रे, सिन्धुली, पोखरा र काठमाडौंमा गरि ५१ दिनमा सिनेमाको छायांकन सकिएको बताइएको छ।

छायांकन सकिएलगत्तै निर्माण टिम पोस्टप्रोडक्सनको काममा व्यस्त हुनेछ। आगामी असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमामा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ।

सिनेमालाई लिएर वर्षा निकै उत्साहित छिन्। ‘छक्का पन्जा’ टिमसँग वर्षको पहिलो सहकार्य हो। मीतव्ययी वातावरणमा काम सकिएको वर्षाले बताएकी छिन्।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा हुन्। सिनेमामा दीपकराज गिरीको कथा तथा पटकथा रहेको छ।