काठमाडौँ : सिनेमा ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा सिनेमाको वर्कसप सुरु भएको हो।
यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस सिनेमाका मुख्य पात्र अभिनेता दयाहाङ राई सिनेमाको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो ।
केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको सिनेमा यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
सामाजिक कथावस्तुमा निर्माण हुने यस सिनेमाको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै सिनेमामार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।
यस्तै, सिनेमामा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।
यस सिनेमालाई यम शेर्पाले निर्देशनमा गर्दै छन् । उनको यो डेब्यू निर्देशन सिनेमा हो । सिनेमामा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ ।
यस सिनेमाका निर्माता पुरुषोत्तम प्रधान हुन् । सिनेमामा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमाका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।
मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने सिनेमाको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।














