काठमाडौं : मदन खड्काको निर्देशन तथा रोशन बलुवा र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘मायाकै संसार’ सार्वजनिक भएको छ । उक्त गीतमा प्रेमिल जोडीको रोमान्स देखाईएको छ ।
माया त बसिसक्यो, अब विवाह गरौ र घरजम बसाउ भन्ने भावमा नया गीत सार्वजनिक भएको हो । गीतका शब्द लेखु सहयात्रीले लेखेका हुन् भने संगीत स्वयंम् गायक रोशन कै रहेको छ । दिनेश तामाङ र उषा उप्रेती फिचर्ड गीतको भिडियो भरी माया नै माया देखाईएको छ ।
उषाका लागि प्रविशाको स्वर सुहाएको छ । करण चैसिरले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् भने उक्त भिडियोमा तारु योङहाङ राईको कोरियोग्राफी रहेको छ ।


















