काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा खुब जमेका गायक हुन् प्रकाश सपूत। गायनसँगै उनी कृयसनमा पनि निकै अब्बल छ। उनले गीत लेख्छन्, मेलोडी बनाउँछन् अनि गाउँछन्। यति मात्र कहाँ होर, उत्तिकै अब्बल तरिकाले अभिनय गर्छन् अनि निर्देशन पनि।
कला अनि क्षमताले भरिएका प्रकाश अब गायक मात्रै रहेनन्, उनी अब नायक पनि भइसकेका छन्। सिनेमा ‘परदेशी २’ बाट उनले सिनेमा उद्योगमा नायकको रुपमा डेव्यू गरिसकेका छन्। उनको पहिलो कामलाई दर्शकले रुचाएका पनि छन्।
बालकदेखि बृद्धसम्मका दर्शक स्रोताको मनमा बसेका प्रकाश स्वभावले गम्भीर प्रकृतिका छन्। उनले प्रायः मनछुने कुराहरू लेखिरहेका हुन् फेसबुकमा। सोमबार पनि उनले मध्यरातमा एउटा गम्भीर प्रकृतिको स्टाटस लेखे।

चाहेर पनि सबैलाई माया पुर्याउन नसकिने कुरा प्रकाशले आफ्नो फेसबुक स्टाटसमा व्यक्त गरेका छन्। त्यस्तै, चाहेर पनि सबैलाई समय, सहयोग, अपेक्षा, बोली र विचार पुर्याउन नसकिने प्रकाशले स्टाटसमा उल्लेख गरेका छन्।
‘अरु त अरु कुनै दिन चाहेर पनि आफ्नै लागि स्वास पुर्याउन सकिँदैन र सकिन्छ जिन्दगी’, प्रकाशले स्टाटसमा थप लेखेका छन्, ‘जति सकिन्छ, जति जानिन्छ त्यति गर्ने हो। त्यहि अनुसार सफलता र उपलब्धि पाउने हो,भोग्ने हो।
अरु जस्तै आफू हुनुपर्छ भन्ने छैन। आफू जस्तै अरु हुनुपर्छ भन्ने पनि छैन। आफ्नै स्थानमा, आफ्नै स्वभावमा बाँच्ने हो।’
साथै, प्रकाशले गणितको जस्तो जीवनको खास शुत्र नभएको पनि जनाएका छन्। उनले मध्यरातमा यस्तो स्टाटस किन लेखे त्यो त प्रकाशलाई नै थाहा होला। तर प्रकाशका शुभचिन्तकले भने उनको स्टाटसमा ऐक्यबद्धता जनाएका छन्।

















