काठमाडौं : लोकप्रिय नेपाली मोडल उषा उप्रेतीले भोजपुरी स्टार खेसारीलाल यादवसँग सहकार्य गरेकि छिन्। खेसारीलालले आफ्नो नयाँ सिनेमाको एक गीतमा उषासँग अभिनय गरेको बताइएको छ।
त्यसो त, उषा र खेसारीलालको छायांकन सेटबाटै एउटा फोटो बाहिरिएको छ। जहाँ उषा र खेसारीलाल रोमान्टिक अवतारमा देखिएका छन्। आफ्नो सिनेमा ‘निरहुवा हाजिर हो’को नेपालका विभिन्न स्थानमा खेसारीलालले छायांकन गरेका छन्।
खेसारीलालले ५ दिनसम्म आफ्नो सिनेमाका ४ गीतको सुटिङ नेपालमा गरेर यतिबेला पटाना फर्किसकेका छन्। खेसारीलालका धेरै फ्यान नेपालमा पनि छन्। त्यसैले पनि अब उषा र खेसारीलालको काम दर्शकले पर्खेर बसेका छन्।


















