Sur Cinema

पूजा र सोनम स्टारर सिनेमा ‘सम्हालिन्छ कहिले मन’ युट्युबमा रिलिज

काठमाडौं : तिब्बती कलाकार सोनम तोप्देनको डेव्यू सिनेमा ‘सम्हालिन्छ कहिले मन’ युट्युबमा रिलिज भएको छ। शुक्रबार ओएसआर डिजिटलको युट्युवबाट यो सिनेमा रिलिज गरिएको हो।

सोनमको यो डेव्यू सिनेमा हो। नायकको रुपमा पहिलोपटक काम गरेका सोनमले यो सिनेमामा राम्रो काम गरेका छन्। जसले गर्दा यो सिनेमा हलमा लाग्नेबेला सोनमको अभिनयको चर्चा समेत भएको थियो।

सोनमले यो सिनेमामा नायिका पूजा शर्मासँग स्क्रिन सेयर गरेका छन्। सिनेमा रिलिजताका पूजा र सोनमको जोडीको खुब चर्चा समेत भएको थियो। त्रिपक्षिय प्रेम कथामा यो सिनेमा आधारित रहेको छ

सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। महेश दवाडीको सिनेमामा कथा रहेको छ। सिनेमामा सोनम र पूजाक अलावा आकाश श्रेष्ठ, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ।