Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘परदेशी २’ हेरेपछि हरिवंशले भने – ‘मन, मुटु, दिमाग सबै छोयो’

काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘परदेशी २’ आज शुक्रबारदेखि देशभरका हलहरुमा प्रदर्शन भइरहेको छ। पहिलो दिन नै यो सिनेमा हेर्नेहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन्। यसैबीच, वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले पनि सिनेमा राम्रो बनेको बताएका छन्।

शुक्रबार राजधानीको बानेश्वर स्थित आईएनआई सिनेमाजमा ‘परदेशी २’ टिमले विशेष शोज राखेको थियो। चर्चित सिनेमाकर्मीहरुसँगै उक्त शो हेर्न हरिवंश पनि पुगेका थिए। सिनेमा हेरिसकेपछी हरिवंशले खुब तारिफ गरे।

मिडियासँग कुराकानी गर्दै उनले भने, ‘सिनेमाले मन, मुटु, दिमाग सबै छोयो। आँखा रोयो। त्यसपछि भावुक हुन पुर्‍यायो। लोक संस्कृति लपक्कै लिपेको, ब्याकराउन्ड म्युजिकहरुमा पनि सबै लोक संस्कृतिले ढाकिएको। यो फ्लेवरमा सिनेमाहरु आजकाल बन्नलाई कम भएको छ र फ़ेरि यो फ्लेवरको सिनेमा हेर्न पाइयो।’

साथै, हरिवंशले सिनेमामा प्रकाश सपुतको राम्रो काम भएको अनुभव सुनाए। उनले प्रकाशको निकै तारिफ समेत गरे। समग्रमा सिनेमा राम्रो बनेको उनले बताए। त्यसो त, अन्य चर्चित कलाकारहरुले पनि सिनेमालाई तारिफ गरेका छन्।

सिनेमालाई नारायण रायमाझीले निर्देशन गरेका हुन्। सिनेमामा प्रकाश सपुत, वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । 

सिनेको कथा–पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।