काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘पशुपति प्रसाद २: भष्मे डन’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले सोमबार २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर रिलिज गरेको हो।
प्रायः सिनेमाका सबै कलाकारहरुलाई ट्रेलरमा देखाइएको छ। ट्रेलर हेर्दा भष्मे डनको अस्तित्व जोगाउन संघर्षरत देखिन्छन् विपिन कार्की। उनले ‘भष्मे डन’को पहिचानलाई थप परिस्कृत गर्न चाहेका छन्।
यदाकदा भष्मेको इलाकामा अर्का कलाकार सौगात मल्लले हस्तक्षेप गर्न खोजेको पनि देखिन्छ । जसले गर्दा विपिन र सौगातबीच टकराब समेत सृजमा भएको छ। जे होस् , ट्रेलरले दर्शकको ध्यान गजबले तान्छ। जसले गर्दा पूरा सिनेमा कहिले आउला भनेर उत्साहित बनेका छन् दर्शक।

आगामी कार्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। सिनेमामा खगेन्द्र लामिछानेको लेखन तथा लगानी रहेको छ।
विपिन कार्की, सौगात मल्ल, स्वातिमा खड्का,वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।

















