Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

आँसु खस्ला भन्दै आकाशमा हेर्दै हिड्ने भोला

काठमाडौं : मध्यम वर्गिय ब्यक्तिको जीवन कसरी कट्छ ? आशा अनि अभावमा नै कट्छ प्राय । भोलि ठिक होला भन्ने आसमा र अरुलाई खुसी पार्ने भन्दा भन्दै जीवन कैले सकिन्छ पत्तै हुदैन् । “माथी हेरी हिडी रहे तल आँसु खस्छ भनी” हो कौसिद को स्याड भर्सनको गीतले यही भन्न खोजेको छ । मध्यम वर्गिय जिम्मेवार ब्यक्तिको कथा ।

नझर्थे र आँसु बोलको लिरिकल भिडियो सार्वजनिक भएको केही दिन भयो । तर जतिले उक्त भिडियो हेरेका छन अधिकाशंलाई आफ्नै भोगाई लाग्ने छ ।

सिनेमा रिलिज असोज २६ गते नजिकिदै गर्दा लक्ष्मण बानियाँको स्वर रहेको यो गीतको चर्चा अझ बढ्न थालेको छ । बानियाँको स्वरलाई बुद्ध लामाको स्वर र संगीतले अझ सुन्दर बनाएका छन् । गीतमा राखिएका भोलाराज सापकोटाका भिडियो क्लिप्सले धेरैका आँखा रसाउँछन् ।

कुमार भाष्करको निर्देशन रहेको सिनेमा केदार भुषालले निर्माण गरेका हुन् । सिनेमामा भोलाराजका अलावा ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा राणा लगायतको मुख्य भुमिका रहेको छ ।