काठमाण्डौं : संचारकर्मी कमला जोशी निर्माता रहेको सिनेमा ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग सिनेमाको समग्र पक्षको समिक्षा गर्दै सिनेमाको सम्पुर्ण कार्य सम्पन्न भएको जानकारी दिएका छन् र अव केही दिनमै सिनेमाको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।
कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको सिनेमा माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर ‘खवपु’, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सिनेमामा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । शिब परियार, बेनिषा पौडेल, बसन्त अर्यालको स्वरमा ती गीतहरु रेकर्ड भएका हुन् । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको सिनेमामा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।

जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन रहेको चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको थियो । अच्यूत बजगाईँ, राजेश कुमार र माधव खरेल सम्पादन रहेको सिनेमामा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । त्यस्तै पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ सिनेमामा रहेको छ । सिनेमा २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।


















