काठमाडौं । सुगम संगीतका सदाबहार मोडल/ कलाकार सनम कठायतकी सुपुत्री श्रीनिधीको अन्नप्राशन कार्यक्रममा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रका विभिन्न प्रतिष्ठित अग्रज देखि अनुज पुस्ताका प्रभावशाली व्यक्तित्वहरुको गरिमामय उपस्थितीले कार्यक्रमको माहोल निकै मनमोहक देखिन्थ्यो ।
स्वास्थ्यकर्मी समेत रहेका सफल कलाकार सनम र बैंकर अस्मिता खनालको पहिलो सन्तानको रुपमा बैशाख १३ गते जन्मिएकि श्रीनिधी कठायतको आगमनले जीवन अझै सुन्दर बनेको बताए कठायत दम्पतीले। सनमले उपस्थित सम्पूर्ण अतिथीज्युहरुको समय अनि सद्भावको लाग हार्दिक धन्यवाद सहित यस्तै माया र आशिर्वादका लागि कृतज्ञ रहेको बताए ।

निमन्त्रणालाई स्विकार्दै आतिथ्यता ग्रहण गरिदिनु हुनेहरुमा पुर्व मन्त्री मा. गगन थापा , पुर्व मन्त्री मा. प्रेम ब. आले , पुर्व मन्त्री दल ब . राना , नेपाल प्रहरीका ए आई जि पि टेक तामाङ , एस एस पि विश्व अधिकारी लगायत करिव दुई दर्जन बढी प्रहरी अधिकारीहरु, नेपाल सरकारका विभिन्न कार्यलयहरुमा कार्यरत दर्जन बढी अधिकृतहरु, त्रिभुवन विश्व विद्यालयका प्रा. प्रदिप कु. शाह, एन आई सि एसिया बैंकका ए.सि.इ.यो जयेन्द्र रावल लगायत विभिन्न बैंकका पदाधिकारीहरु, प्रसिद्ध कलाकार निर्मल शर्मा, राज कुमार बगर, सन्तोष श्रेष्ठ , दिपक शर्मा , निर्देशक माधव खरेल लगायत दर्जनौं कलाकारहरु , युवा नेतृत्व भुपेन्द्र शाही , टेक बम लगायत दर्जनौं राजनीतिकर्मी , युवा व्यवसायी पुष्कर ओझा, अधिवक्ता मनिष श्रेष्ठ, गीतकार विरेन्द्र बलामी , समाजसेवी उमादेवी बस्नेत ,ट्याक्सी माण्डौका सि इ यो अर्जुन केसी , म्युजिक भिडियो कलाकार संघका अध्यक्ष कलाकार सम्झना बुढाथोकी , गोरखापत्र संस्थानका प्रवन्ध निर्देशक लाल ऎरी लगायत दर्जनौं संचारकर्मीहरु लगायत सयौं विशेष व्यक्तित्वहरुको उपस्तिथि रहेको थियोे ।

छोटो समयमा निर्धारित कार्यक्रम भएका कारण आफ्ना अन्य धेरै सुभेछुक महानुभावहरुलाई यो पटक समेट्न असमर्थ भएकोले मोडल सनमले क्षमा समेत मागेका छन् ।

















