Sur Cinema

शिल्पी थिएटरमा आजबाट “ह राम पण्डित”

कुमार विनोद पौड्याल
काठमाडौं । हास्यव्यंग लेखनका ”  सम्राट  ”  स्व. भैरव अर्यालले लेख्नुभएको काउकुती, जय भुँडी , इतिश्री निबन्ध संग्रह भित्रको निबन्धकै आधारमा रहेर यो नाटक तयार पारिएको छ। 

” मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नर्कमा स्थायी रुपले जानुपर्ने कुरा हिन्दू धर्ममा विश्वास रहेको छ।‘मानिस मरेपछि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, क-कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् , यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रुपमा के कस्ता झञ्झटको सामना गर्छन् ”   यिनै कुरालाई नाटकमा रमाइलो पारामा प्रस्तुत गरिएको छ  ।

विशेष गरी नेपाली समाजमा हामी सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरुबाट साना तिना कुरामा पनि ठूला समस्या र झन्झट व्यहोर्नु पर्ने हुन्छ । नजराना वा अझ ठाडो भाषामा भन्न पर्दा “घुस”  नदिए सम्म कुनै काम बन्दै बन्दैन, कर्मचारीहरुको हप्काइ खानुपर्छ त्यो अलग  । त्यसैगरी चित्रगुप्तको कार्यालयमा पुगेको मानिसले उक्त कार्यालयमा कर्मचारी खुशी बनाउन  नसक्दा उसको नामको लेखाजोखा नहुनु र उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य यस नाटकले बडो मनोरञ्जनात्मक रूपले प्रस्तुत गरेको छ।

बारात लिम्बुको आलेख तथा निर्देशनमा तयार पारिएको  यो नाटकलाई  दैलो प्रोडक्सनको प्रस्तुती तथा श्री भैरव पुरस्कार गुठीको सहकार्यमा तयार  पारिएको छ। नाटक आज भदौ २७ देखि असोज १३ गतेसम्म  शिल्पी थिएटरमा ( गोठाले नाटकघर) मञ्चन हुँदै छ।

प्राप्त जानकारी अनुसार नाटकमा श्रवण राना मगर, विकास जोशी, सविर चुराउटे, सविन कट्टेल, मिल्सन राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सम्झना राई आदिले अभिनय गर्नेछन्।
ह-राम पण्डितलाई सफलताको शुभकामना।