Sur Cinema

वेव सिरिज “दिल मील” बनाउदै सरोज र सन्तोष

काठमाडौं
वेव सिरिज “दिल मील” बन्ने भएको छ । झापाका दुई प्रोडक्शन कम्पनी “पारानेप मोसन पीक्चर प्रा .ली ” र “बि.बि प्रोडक्शन हाउस” बिच निर्माण सम्झौता भए संगै सिरिज बन्ने पक्का भएको हो ।  यही भदौ १० गते दुई कम्पनी बिच निर्माण सम्झौता समेत भएको छ ।

उक्त वेव सिरीज मा अडीसन मार्फत कलाकारहरु छनोट गर्ने प्रोडक्सन कम्पनीका सन्तोष राना मगर र सरोज अधिकारीले जानकारी दिएका छन । सिरिज नेपाली र हिन्दी दुई भाषामा निर्माण हुने छ।

नेपाली संस्करण को प्रतीलीपी बिबि प्रोडकशन को रहनेछ भने हिन्दी संस्करणमा पारानेप मोसन पीक्चरको अधिकार रहने छ । युवा पुस्ताको प्रेममा आधारित सिरिजको लेखन तथा निर्देशन सरोज अधिकारीको रहने छ भने छायांकनको जिम्मा सन्तोष राना मगरले लिनेछन ।