Sur Cinema

हतार के लाई स्वस्तिमा जी ?

काठमाडौं
स्वस्तिमा खड्का अभिनित ‘ऐँचो पैँचो’ सिनेमा अर्को हप्ताबाट हलमा लाग्दै छ । उनी प्रचारप्रसारमा ब्यस्त छिन । अब आफ्नो सिनेमा आउनै लाग्दा यस्सो अरुलाई पनि साथ दिए झै देखाउन पनि पर्यो ।

उनले भोलीबाट हलमा लाग्ने दुई सिनेमा “जय हो” र “महानगर”लाई शुभकामना दिइन । र लगत्तै मेटाउन पनि भ्याईन । उनले शुक्रवार सोचेर पोस्ट सेयर गरेको हुन पर्छ । तर आज बिहिबार पर्यो ।

हलमा दुई सिनेमा भन्दै उनले पोस्ट गरेकी थिइन । उनले गलत केही लेखेकी पनि होइनन ।

तर यो हतारो खास के को लागि थियो होला ? बार याद नै नभएको भए पनि गल्ती नै भए पनि शुभकामना सुभेच्छा त आखिर गलत हुदैन थियो नी । कि कसो स्वस्तिमा जी ?