Sur Cinema

“जय हो” को ट्रेलर सार्वजनिक

काठमाडौं
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायतको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो । अष्ट्रेलियाको रकडेलमा आयोजित कार्यक्रमको सामाजिक सञ्जाल फेसबुकमा लाइभ समेत गरिएको थियो ।

सिनेमाको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किनेका छन् । टेक पौरखी राईद्वारा निर्देशित सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन  समीर मियाँको  भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।त्यस्तै सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सिनेमाका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।