Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रङ्ग लाई कसरी संयोजन गर्ने पेन्टिङ गर्ने(मेकर) लाई थाहा हुन पर्छ! – साम्राज्ञी

काठमाडौं ।
माघ २० अर्थात यही शुक्रबारबाट सिनेमा “ह्यारी कि प्यारी” प्रदर्शन हुँदै छ । यस बिषयमा आज हामीले सिनेमाकि मुख्य नायिका साम्राज्ञी आरएल शाहसङ केही कुराकानी गर्ने प्रयास गरेका छौ ।

सिनेमा असफल हुनुको दोष चलेका कलाकार लाई दिनु लाई कसरी हेर्नुहुन्छ?

म त एउटा रङ्ग न हु । त्यसलाई कहाँ र कसरी राख्दा राम्रो देखिन्छ पेन्टिङ गर्ने लाई थाहा हुनुपर्छ । किन कि मेकरले सिनेमा बनाउदा चर्चित कलाकार राखेर नै सिनेमा हिट हुन्छ भन्ने सोच बदलिनु पर्छ । र मेकर स्वयमले सिनेमा राम्रो बनाउछु भनेर सोच्नु पर्छ । ‘क्याप्टेन अफ द सीप’ मेकर हो नी त । म कलाकार भएको हैसियतले यो भन्दा धेरै बोल्न मिल्दैन । त्यसैले उहाले यस्तो आरोप लगाउनु भनेको उहाको काम मै दोष देखिन्छ । कलाकार भएको हिसावले मैले उहाले दिनुभएको काम गर्ने हो । प्रमोसनमा सहयोग गर्ने हो । त्यसैले कलाकारलाई दोष लगाउने भन्दा मेकरलाई यो प्रश्न सोश्नुपर्ने हो । कलाकारले मात्रै हिट हुने हो कि निर्माण नै राम्रो सिनेमाको गर्नुपर्छ भनेर उहालाइ बढी थाहा हुन्छ ।

हरेकको एक एक वटा सिनेमा गर्नु भो जहाँ बाट प्रायः सम्बन्ध चिसो भयो। तर कसै सङ्ग त दुइटा सिनेमा पनि गर्नु भो, त्यो अपवाद किन?

सबैसंग कन्ट्रोभर्सीमा नाम जोडिएको छैन, अब जो संग समस्या भयो त्यसको केही कारण छ । अब कुरा गरौ नवल नेपाल, नवल दाइ त्यस्तो मान्छे हैन । उहाँ सुशील र सरल मान्छे हो, उहालाई काम संग मात्रै मतलव छ, जसलाई कामसंग मतलव हुन्छ, उहाँ अरुलाई होच्याउने घोच्ने तिर लाग्दैन भन्ने मलाई लाग्छ ।

सिनेमाको टिमबाट तपाइ माथी नै हरेक पटक प्रहार भएको देखिन्छ, किन होला?
दुख लाग्छ जहिले पनि मै “बलिको बकरा” बने जस्तो । तर खै अब बलेको आगो ताप्ने रैछ मान्छेले भनेझै कति जनाले त्यही गरिराखेको हुन सक्छ । त्यो बाहेक पनि अलि गार्हो छ । हामी कलाकारलाई बुझिदिने सुनिदिने कम नै हुनुहुन्छ । कतिजनाले बुझिदिने सुनिदिने । तर बढी चै होच्याउने खुट्टा तान्ने नै भएर कलाकारलाई गारो छ । मेरो तर्फबाट मलाइ पनि बुझिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी आफ्नो कुरा भन्दा पनि, ए किन ? तलाइ के भाको छ र ? भन्ने पनि मान्छेहरु छन । सबै कुरा राम्रै त छ नी । यो बन्न आयो, बढी बन्यो भन्ने जमात छ । त्यसैले बोल्दा पनि नराम्रो, नबोल्दा पनि नराम्रो । के चै राम्रो हो मलाई पनि थाहा छैन ।

अन्य सिनेमा भन्दा साम्राज्ञीको लागि यो सिनेमा (ह्यारी कि पयारी) किन फरक छ ? के का लागि दर्शक हलसम्म जाने ?
कलाकार नभइ दर्शक बनेर भन्दा मैले जसरी सिनेमा देखेको छु र बुझेको छु, यति भन्न सक्छु कि तपाइको सबै परिवार संग हेर्न जादा सिनेमाले मन छुन्छ छुन्छ । किनकी एकदमै मिठो रमाइलो राम्रो नेपालीपन भाको सिनेमा बनेको छ । सामाजिक यथार्थतामा रहेर गाउँ र सहर दुबैतिर हुने बिषयलाई फरक फरक ब्यक्तीलाई एक साथ ल्याउदा कति रमाइलो हुन्छ त्यो सिनेमामा देखाइएको छ । दर्शक हलमा जानुभयो भने पक्कै उहाले रमाइलो मान्नुहुन्छ ।

सिनेमामा काम गर्दा आफूमा के कमि रहेको नियाल्नु हुन्छ ?
कमि हरेक दिन महसुस हुन्छ । कोही पनि पुर्ण हुदैन । मैले चै आफुलाइ पुर्ण मानेको छैन र मान्दिन पनि । हरेक दिन हामीले नया सिक्नुपर्छ । र आफुमा सुधार्नु पर्छ भन्ने लाग्छ । र म यही प्रकृयामा निरन्तर छु ।