Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सरी मम्’मा एउटा आमाको ठूलो योगदान छ : सरिता लामिछाने

काठमाडौं : सामाजिक कथामा आधारित सिनेमा ‘सरी मम्’ ले पुनः आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। सोमबार राजधानीमा एक कार्यक्रमबीच सिनेमाको ट्रेलर सार्वजनिक गर्दै माघ ५ लाई प्रदर्शन मिति पुनः तय गरेको हो।

यस् अघि निर्माण टिमले मंसिर २९ गतेलाई प्रदर्शन मिति तय गरेको थियो। तर सिनेमा ‘अवतार’को प्रभावपछि सिनेमाको प्रदर्शन मंसिर २९ बाट सरेर अब माघ ५ लाई तोकिएको निर्माता एवम् लेखक बिनोद लामाले बताए।

त्यसो त सोमबार नै निर्माण टिमले सिनेमाको ‘विशेष शो’ समेत गरेको थियो। विशेष शो हेर्न यसै सिनेमाका सम्पुर्ण टिम लगायत अभिनेत्री करिश्मा मानन्धर समेत उपस्थित थिइन्।

विशेष शो हेरिसकेपछि सिनेमामा आबद्ध कलाकारहरुले मिडियाकर्मीसँग कुराकानी गरेका थिए। कुराकानीका क्रममा यस् सिनेमाकी मुख्य कलाकार सरिता लामिछानेले ‘सरी मम’ एउटा विशुद्ध सामाजिक र पारिवारिक सिनेमा भएको बताएकी थिइन् ।

एउटा आमाले आफ्नो सन्तान र परिवारको लागि दिएको निकै ठूलो योगदान सिनेमामा रहेको पनि सरिताले बताइन्। प्राविधिक टिमले बनाएको यो सिनेमालाई सबैले साथ दिन पनि सरिताले आग्रह गरेकी थिइन् ।

त्यसो त “सरी मम” सिनेमाको विशेष शोको समयमा सन्चारकर्मीबाट ब्यक्तिगत सम्बन्धको घुमाउरो प्रश्न गरिएको थियो । त्यसको जवाफमा सरिता निक्कै नै रिसाएकि थिइन्। उनी रिसाउदै गर्दा र प्रश्न नबुझेको बताउदै गर्दा उनको अनुहारमा आक्रोश र निरासा भरिएको थियो ।

सम्बन्धमा लागेको आगो कसरी निभाउने तर्कना गर्दै गर्दा उनले”ग्यासको आगो भए बन्द गर्ने, आगो ठूलो भए दमकल बोलाएरै पनि निभाउनु पर्छ । तर निभाउनु चै पर्यो।” भन्दै जवाफ दिएकी थिइन्।

नविन बोगटीको निर्देशनमा बनेको सिनेमामा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो सिनेमामा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

यो सिनेमाको निर्माण र प्रदर्शनीमा सहकार्य गर्दै शिक्षा र दुर्व्यसनी विरुद्धको यात्रामा जोडिएका संस्थाहरू नेपाल जेसिज, नार्कोनान नेपाल, प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायत निर्माण ब्यानरसँग जोडिएका छन् ।