Sur Cinema

धरान फिल्म फेस्टिभलको तयारी तीव्र, मंसिर १० सम्म फिल्म पठाउन सकिने

काठमाडौं : धरानमा पहिलोपटक आयोजना हुन लागेको धरान फिल्म फेस्टिभलका लागि फिल्म आवेदन खुला गरिएको छ। आयोजक बीपीफोर इन्टरटेन्मेन्टले मंगलबार अनलाइन आवेदन फारम सार्वजनिक गर्दै फिल्म आह्वान गरेको हो।

फेस्टिभलमा फिचर फिल्म, छोटा फिल्म, डकुमेन्ट्री तथा अन्य विधाका चलचित्र सहभागी गराउन सकिनेछ। इच्छुकले फेस्टिभलको आधिकारिक वेबसाइट, फेसबुक पेजमा उपलब्ध क्यूआर कोड तथा इभेन्टलयको वेबसाइटमार्फत आगामी मंसिर १० गतेसम्म फिल्म पठाउन सक्नेछन्।

महोत्सव आगामी मंसिर २७ र २८ गते धरानमा आयोजना हुनेछ। निर्देशक विनोद विश्वकर्माका अनुसार महोत्सवमा फिल्म प्रदर्शनसँगै वर्कशप, मास्टरक्लास, अन्तरक्रिया, चलचित्र पर्यटनसम्बन्धी प्यानल छलफल, विशेष प्रदर्शन तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ। साथै सांस्कृतिक प्रदर्शनीसमेत महोत्सवको आकर्षण रहनेछ।