काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा निर्माता अनिल पोख्रेल स्थापित नाम हो। सभ्याता क्रिएसन्स प्राइभेट लिमिटेडको ब्यानरमा चलचित्र निर्माण गर्दै आएका पोख्रेलले पछिल्लो समय लगातार चलचित्र निर्माण गरिरहेका छन्।
लामो समय दक्षिण कोरियामा बसोबास गरेका पोख्रेलले त्यहाँ रहँदा पनि दर्जनौँ सर्ट मुभी निर्माण गरेका थिए। कोरिया जानुअघि नै नेपाली चलचित्र क्षेत्रमा आबद्ध भइसकेका उनले लामो समय निर्माण नियन्त्रकका रूपमा समेत काम गरेका थिए।
पछिल्लो समय उनले निर्माण गरेका ‘निलिमा’, ‘अतीत’ र ‘गुलाबी’ चलचित्र हुन्। यीमध्ये ‘गुलाबी’ सफल हुनुका साथै विभिन्न अवार्डसमेत जित्न सफल चलचित्र हो। लगातार चलचित्र निर्माणमा सक्रिय उनि अब आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्ने तयारीमा छन्।
आगामी परियोजनामार्फत नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने लक्ष्य उनको छ। नेपाली कथालाई विश्व बजारसम्म पुर्याउने योजनासहित अघि बढिरहेका उनले आगामी चलचित्रलाई चासोका साथ हेरिएको छ।


















