काठमाडौं : ‘कबड्डी’का अघिल्ला शृंखलामा मैयाँलाई पाउन संघर्ष गर्ने काजी पाँचौँ भागमा आइपुग्दा नयाँ जिम्मेवारीसँग जुध्दैछन् ।
अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रेम पाएपछिको व्यावहारिक जीवन, परिवार, समाज र साथीभाइसँग गर्नुपर्ने सम्झौताको कथा प्रस्तुत गर्छ ।
रामबाबु गुरुङ निर्देशित सिनेमामा मैयाँसँगको पुनर्मिलनपछि काजीको जीवनमा आउने परिवर्तनसँगै बदलिँदो समय र राजनीतिक परिवेशको प्रभावसमेत देखाइनेछ ।
लामो समयदेखि काजीको चरित्रसँग जोडिएका दयाहाङले अब यो पात्र आफ्नै साथी जस्तो लाग्ने बताएका छन् । ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।


















