Sur Cinema

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’

काठमाडौं : सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘शुभ विवाह’को छायांकन निर्धारित समयभन्दा पाँच दिनअघि नै सकिएको छ। ४५ दिनको सेड्युल राखिएको सिनेमाको सम्पूर्ण सुटिङ ४० दिनमै प्याकअप भएको हो। सिनेमामा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन् भने सुप्रिया कटुवालको लगानी र साम भुजेलको कार्यकारी निर्माण रहेको छ।

सुदर्शन र प्रदीपले यसअघि ‘प्रेम गीत’मा गरेको सहकार्यपछि ‘शुभ विवाह’लाई दर्शकमाझ चासोका साथ हेरिएको छ। राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन र अर्जुन पोखरेलको संगीत रहेको सिनेमा आगामी फागुन २१ गतेबाट अलनेपाल प्रदर्शनमा आउनेछ।