Sur Cinema

एआईमार्फत क्रिएटर र ब्रान्ड जोड्ने ‘इनमार्क’ सञ्चालनमा

काठमाडौं : कन्टेन्ट क्रिएटर र ब्रान्डबीचको सहकार्यलाई सहज बनाउने उद्देश्यले एआईमा आधारित डिजिटल प्लेटफर्म ‘इनमार्क’ (Inmark.ai) सञ्चालनमा आएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्लेटफर्मले क्रिएटरको कन्टेन्ट शैली, दर्शक र विगतका क्याम्पेन विश्लेषण गरी उपयुक्त ब्रान्डसँग जोड्ने कम्पनीले जनाएको छ।

इनमार्कमार्फत क्याम्पेन व्यवस्थापन, स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ तथा रिपोर्टिङमा समेत एआईको सहयोग लिन सकिनेछ। ब्रान्डले ‘एआई फिट स्कोर’का आधारमा उपयुक्त क्रिएटर छनोट गर्न र तयार कन्टेन्टको अडिटसमेत गर्न सक्नेछन्।

क्रिएटर तथा ब्रान्डले सामाजिक सञ्जाल अकाउन्टमार्फत ‘वान–क्लिक’ लगइन गरी Inmark.ai प्रयोग गर्न सक्नेछन्।