Sur Cinema

हरिवंशदेखि आर्यनसम्म ‘पाँच पाण्डव’को क्यारेक्टर रिभिल

काठमाडौं : मल्टिस्टारर सिनेमा ‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक पोस्टरमार्फत सिनेमाका पाँच मुख्य कलाकारको क्यारेक्टर रिभिल गरिएको हो।

पोस्टरमा हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा देखिएका छन्।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद र वसन्त निरौलाको निर्देशन रहेको सिनेमा काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको हो। सिनेमा कार्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउनेछ।

महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ।