Sur Cinema

अभिनयसँगै ब्राण्ड एम्बेसडरको भूमिकामा रुषा

काठमाडौं : मोडल तथा अभिनेत्री रुषा न्यौपाने नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छन्। नव लक्स र रुषाबीच यससम्बन्धी सम्झौता समेत भइसकेको छ।

जनवरी २०२६ देखि नेपालमै उत्पादन हुँदै आएको नव लक्समा फेसवास, मोइस्चराइजर, टोनर, एसपीएफ ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ प्रकारका उत्पादन छन्।

रुषा हाल छायांकनरत सिनेमा ‘म मदनकृष्ण’मा अभिनय गरिरहेकी छन्। उनले यसअघि ‘जन्ते बाख्रो’ लगायतका सिनेमासँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

ब्राण्डसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै रुषाले भनिन्, “आफैँले प्रयोग गर्दै आएको कस्मेटिक ब्राण्डसँग जोडिन पाउनु मेरा लागि गौरवको कुरा हो। यो ब्राण्डलाई माथि उठाउन र जनस्तरसम्म पुर्‍याउन मैले सक्दो प्रयास गर्नेछु।”