Sur Cinema

‘कबड्डी ५’को टिजर सार्वजनिक

काठमाडौं : रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को करिब साढे ३ मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा बिके (विजय बराल)को एआईसँगको कनेक्सन, काजी (दयाहाङ राई) र नयाँ मैया बनेकी सिर्जना गुरुङको इन्ट्रीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

विपीन कार्कीको दमदार इन्ट्री र संवादले टिजरलाई थप आकर्षक बनाएको छ भने अन्त्यमा रिश्मा गुरुङको झलक देखाइएको छ। ‘कबड्डी ४’ जहाँ टुंगिएको थियो, त्यहीँबाट नयाँ कथाको सुरुवात हुने संकेत टिजरले गरेको छ। यता, मिरुना मगरको पात्रलाई भने अझै गोप्य राखिएको छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमा कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायतको अभिनय छ।