Sur Cinema

सुन्दरताको परिभाषामाथि प्रश्न उठाउँदै ‘ब्युटिफूल’

काठमाडौं : बाहिरी आवरणलाई मात्र सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ‘ब्युटिफूल’ सार्वजनिक भएको छ ।

करिब ७ मिनेट लामो म्युजिकल फिल्ममा समीर आचार्य र अञ्जुली हमालको स्वर छ भने शिभान्सी खड्काको फिचरिङ तथा अभिनय रहेको छ । गीतका शब्द र संगीत समीर आचार्यकै हुन् ।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियो अनिल मानन्धरले छायांकन गरेका हुन् । प्रविन भट्टको सम्पादन रहेको म्युजिकल फिल्मलाई सुनिल बिकले निर्देशन गरेका छन् ।

‘ब्युटिफूल’ले गोरो छाला, मेकअप र चम्किलो अनुहारलाई मात्र सुन्दरताको आधार मान्ने प्रवृत्तिमाथि प्रश्न उठाएको छ । वास्तविक सुन्दरता बाहिरी आवरणमा नभई व्यक्तिको सोच, कर्म, मेहनत र आत्मनिर्भरतामा हुने सन्देश फिल्मले दिएको छ ।

आफ्नो मेहनत, परिश्रम र लगावबाट आत्मनिर्भर बन्ने व्यक्ति नै वास्तविक अर्थमा ‘ब्युटिफूल’ हुने निष्कर्षसहित म्युजिकल फिल्मले बाहिरी चमकको भ्रममा नपर्न सन्देश दिएको छ ।