Sur Cinema

शिवनको निर्देशनमा ‘तीजको लहर आउँदा बरीलै’ सार्वजनिक

काठमाडौं : हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायिका पुजन काफ्लेको स्वर तथा शब्द–संगीतमा तयार भएको नयाँ तीज गीत ‘तीजको लहरा आउँदा बरीलै’ सार्वजनिक भएको छ। गीतको भिडियो पुजन काफ्लेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा चेली–माइतीको आत्मीय सम्बन्ध, आमाले पकाएको दरको सम्झना, दिदीबहिनीको जमघट, आमा–बुबाको माया तथा परदेशी भाइको सम्झनाजस्ता पारिवारिक भावनालाई प्रस्तुत गरिएको छ।

गीतमा पुजन काफ्लेको शब्द तथा स्वर र जीआर बानियाँको संगीत रहेको छ। शिवन पोखरेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा बिना राउतको मुख्य अभिनय तथा नृत्य छ। यज्ञबहादुर काफ्ले, मैयादेवी काफ्ले, भीम थापा, दर्पण भुजेल, समीक्षा केसी र रोशनी बराललगायतको पनि अभिनय रहेको छ।

भिडियोको छायांकन दीपाल गिरी तथा सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन्। भिडियोको निर्माण तथा लगानी पुनम काफ्ले, यज्ञबहादुर काफ्ले र मैयादेवी काफ्लेले गरेका छन्।